प्रदेश १ की निलम्बित एमाले सांसद खातुनको राजीनामा स्वीकृत

प्रदेश १ की निलम्बित एमाले सांसद खातुनको राजीनामा स्वीकृत

विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् ।

एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

खातुनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बाचन गरेर सुनाएका छन् । भण्डारीले राजीनामा पत्र बाचन पछि राजीनामा स्वीकृत भएको जानकारी दिए । उनले समानुपातिक तर्फको एउटा पद रिक्त रहेको जानकारी दिएका छन् ।
चार पाँच महिनाका लागि एमालेले अर्को सदस्यलाई निर्वाचित गर्ने वा नगर्ने टुंगो लागेको छैन ।

मोरङबाट प्रतिनिधित्व गर्ने खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्