अमेरिकामा गोली चल्दा ९ जना घाइते

<span class='c1'>अमेरिकामा गोली चल्दा</span> <span class='c2'>९ जना घाइते</span>

अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो । गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६:२० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।

घटना बारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो। रासस-एएनआई

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्