अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

बारा । जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१२ बस्ने ३४ वर्षीय भिम बहादुर तामाङ र १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ गुगौलीबाट सोही गाउँपालिका-२ पडेरीया बस्ने २२ वर्षीय राम अजोर यादवलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका राम अजोरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय २२ ट्याब्लेट नाईट्राभेट र १ सय ३० मिलिग्राम लागूऔषध खैरो हेटोईन जस्तो देखिने पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्