क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमको विजयी सुरुवात

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमको विजयी सुरुवात

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ ।

आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भयो।

उसका लागि ओपनर रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए। यस्तै नरेश बुढाऐरले २९ रन बनाउँदा निकोलस मनोहरले २५ र जश शाहले २० रन बनाए।अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालका लागि पवन सरार्फले सर्वाधिक ३ विकेट लिए। उनले ६ ओभरमा २८ रन खर्चिएका थिए। यस्तै आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर समान २ विकेट हात पारे।

त्यसअघि किंग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए। ५९ बल खेलेका उनले ८ चौकासहित अर्धसतक पुरा गरे।ओपनर आसिफ शेखले ४२ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए। पहिलो विकेटका लागि आसिफ र कुशलले १०.१ ओभरमा ३१ रनको साझेदारी गरेका थिए।

यस्तै देव खनालले २७ रन जोड्दा उपकप्तान रोहित पौडेल २ रनमा क्याच आउट भए ।दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९-१९ रनमा आउट भए। बसिर अहमदले २४ रन बनाउँदा आदिल अन्सारीले १० रन जोडे। ओन्टारियोका शील पटेलले १० ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। अम्मार खलिद, किनान् तिन्टो, जाडे पेडमोर र दर्शिल पटेलले १-१ विकेट लिए।

नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ। त्यसपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्