इरान भूकम्पमा परी पाँच जनाको मृत्यु,४९ घाइते

<span class='c1'>इरान भूकम्पमा परी पाँच</span> <span class='c2'>जनाको मृत्यु,४९ घाइते</span>

दक्षिणी इरानमा शनिबार भएको ६।३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर भएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेको थियो । उक्त स्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको छ ।

बिहानैको भूकम्पपछि पनि भूकम्पका पराकम्पन जारी रहेकाले भवन र पूर्वाधारमा क्षति पुगेको भन्दै सर्वसाधारण सडकमा निस्किएका थिए । भूकम्पको धक्का धेरै छिमेकी मुलुकमा पनि महसुस गरिएको थियो ।

इरान ठूला भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ । औसतमा यहाँ हरेक दिन भूकम्पको छट्का महसुस हुन्छ । सन् २००३ मा ६।६ म्याग्निच्युडको भूकम्पले ऐतिहासिक शहर बामलाई क्षतविक्षत पारेको थियो जहाँ २६ हजार सर्वसाधारणको ज्यान गएको थियो । सन् २०१७ मा सात म्याग्निच्युडको भूकम्पमा परी छ सयभन्दा बढीको मृत्यु भएको थियो भने नौ हजार जनाभन्दा बढी घाइते भएका थिए । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्