भारतको मणिपुरमा पहिरोका कारण ३८ जना अझै बेपत्ता, खोजी जारी

<span class='c1'>भारतको मणिपुरमा पहिरोका कारण ३८</span> <span class='c2'>जना अझै बेपत्ता, खोजी जारी</span>

भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ ।

रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी शनिबार सम्म २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार पहिरोका कारण अरु ३८ जना अझै पनि बेपत्ता नै रहेका छन् । ती मध्ये १२ जना प्रादेशिक सेनाका व्यक्ति रहेका छन् भने २६ जना सर्वसाधारण रहेका छन् ।

बेपत्ता भएका सबैको खोजी कार्य भइरहेको जनाइएको छ । खोजी तथा उद्धारका लागि सेना, आसाम राइफल्स, प्रादेशिक सेना, स्थानीय स्वयंसेवक, उद्धारकर्ता र सरकारी अन्य अधिकारीहरू खटिएका छन् ।

घटनास्थलबाट प्रादेशिक सेनाका १३ जना र स्थानीय बासिन्दा पाँच जनालाई उद्धार गरिएको छ ।

मृत्यु भएका मध्ये प्रादेशिक सेनाका १८ जना र स्थानीय छ जना गरी २४ जनाको शव निकालिएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये १४ जनाको शव सम्बन्धितको आफन्तलाई बुझाइसकिएको छ । अरुको पनि पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ । रासस/पिटिआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्