निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र

निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र

काठमाडौं। विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन । निगमले ठूला आयोजनाका रूपमा घोषणा गरेका सबै प्रदेशमा भण्डारणका लागि भौतिक पूर्वाधार, पाइप लाइन निर्माण र विस्तारका काम स्थगितजस्तै भएका छन् ।

निगमका सञ्चित कोषहरू अहिले रित्तिएका छन् । आर्थिक सङ्कट, कानुनी प्रक्रिया र नेपाल–भारतबीच समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको निगमले जनाएको छ तर यी काम हाल सामान्य हिसाबले अघि बढिरहेको निगमको दाबी छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमको आर्थिक सङ्कट, नीति र निर्णय प्रक्रियाका कारण चाहे जसरी काम अगाडि बढ्न नसकेको बताए । उनले भने, “मुख्य कारण आर्थिक सङ्कट नै हो, त्यसपछि नीतिगत निर्णय पनि हुन बाँकी नै छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्