मोरङका खोलाबाट अवैध उत्खनन् गर्ने नौवटा सवारी र आठजना चालक पक्राउ

मोरङका खोलाबाट अवैध उत्खनन् गर्ने नौवटा सवारी र आठजना चालक पक्राउ

विराटनगर । मोरङका विभिन्न खोलाबाट खोलाजन्य सामाग्री अवैध रुपमा उत्खनन् गरेको आरोपमा नौवटा सवारी र आठजना चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले केराबारी–८ स्थित खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैंचा–५ बुढीखोला, बेलबारी–२ लोहन्द्रा खोलामा नदीजन्य सामाग्री उत्खनन् गरिरहेको अवस्थामा सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालयको टोलिले खोलाबाट नियन्त्रणमा लिइएका सवारी र चालकलाई आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले एउटा जेसीबी, चारवटा टिफर र चारवटा ट्याक्टरलाई खोलाबाटै नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बुढिगंगा गाउँपालिका–३ का असोक कट्वाल र को १ ख ५८६२ नम्बरको टिफर, केराबारी–१० का राज लिम्बुलाई को१ख १४९१ नम्बरको जेसीबीसहित पक्राउ गरेको छ । यसैगरी सुनसरी–१२ खनारका जयराम उराउलाई को १ ख ७२५१ नम्बरका टिफर, इटहरी–११ का अनिल चौधरीलाई ना ८ ख ४२६७ नम्बरको टिफरसहित नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी सुन्दरहरैंचा–१० का दिनेश उराउ र प्र–१–०२–००१ ख ९३८७ नम्बरको टिफर, सुन्दरहरैंचा–५ का काशीनाथ ऋषिदेव र को १ त ६८६४ नम्बरको ट्याक्टर, सुन्दरहरैंचा–११ का उज्जवल पौडेल र को २ त ५५६४ नम्बरको ट्याक्टर, सुन्दरहरैंचा–१२ का सम्भु मग्रातीलाई अनटेस्ट लेखिएको ट्याक्टर तथा प्र १–०२–००३ त १४०१ नम्बरको अर्को ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्