विकासका काममा राजनीति नगर्न आग्रह

<span class='c1'>विकासका काममा राजनीति</span> <span class='c2'>नगर्न आग्रह</span>

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाउनुभययो ।

नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको कर्साघाटमा निर्माण भएको पुलको आज उद्घाटन गर्दैै तिनाउ र दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने योजना रहेको बताउनुभयो । उहाँले किनारमा बसेकालाई जबर्जस्ती हटाउने योजना नरहेको स्पष्ट पार्नुभयो ।

पूर्वउपप्रधानमन्त्री पौडेलले यस क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भएको, तिनाउमा सिग्नेचर ब्रिज निर्माण हुने, बुटवल–गोरूसिङ्गेसम्मको सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रको विकासले थप फड्को मार्ने बताउनुभयो ।

सैनामैना–१ र बुटवल–१५ जोड्ने यो पुलको लम्बाइ १२७ मिटर रहेको छ । विसं २०७४ असार २९ गते ठेक्का सम्झौता भएको यो पुलको निर्माण लागत रु १३ करोड ९० लाख ३६ हजार ८०९ रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्