लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट सङ्क्रमित

लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट सङ्क्रमित

लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् ।

भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको सोमबारको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा बढी ३ हजार १९३ जना डेंगुका बिरामी फेला परेका छन्।

लाओ स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई डेंगुको फैलावट रोक्न मद्दतको लागि उनीहरूको घर र कार्यस्थल वरपरको सम्भावित लामखुट्टे प्रजनन हुनसक्ने ठाउँहरू विशेष निगरानी राख्न अनुरोध गरेको छ । रासस/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्