कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका-३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा गोरखा अजिरकोट गाउँपालिका-४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत १३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.१ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्