माओवादीको बैठक बुधबार बस्ने

माओवादीको बैठक बुधबार बस्ने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आजका लागि तय भएको केन्द्रीय समितिको बैठक बुधबारका लागि सरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम तय भएको थियो । पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुुमलटारमा पार्टीका पूर्व स्थायी समितिको बैठक बोलाइएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आजका लागि तय भएको बैठक स्थगित भएको र बुधबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो । प्रवक्ता कृष्णबहादुर महराले पनि आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले १० पेजको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

आइतबारको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र सोमबार ४३ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको छ । सोही मागलाई सम्बोधन गर्ने ध्येयका साथ अधिकतम प्रयास गर्ने तयारीमा नेतृत्व लागि परेको नेताहरुले जानकारी दिनुभएको छ । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्