मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।

सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण बस्न सकेन । आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित रहेको प्रेस प्रमुख परियारले जानकारी दिएका छन् ।

सोमबार जनता समाजवादी पार्टी (जसपा)बाट कृषि तथा पशुपन्क्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यावद नियुक्त भएका थिए ।

यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए ।

आज नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्