शिकागोमा स्वतन्त्रता दिवस जुलूसमा गोली चल्दा छ जनाको मृत्यु, छत्तीस जनाभन्दा बढी घाइते

शिकागोमा स्वतन्त्रता दिवस जुलूसमा गोली चल्दा छ जनाको मृत्यु, छत्तीस जनाभन्दा बढी घाइते

देशभक्तिको प्रदर्शन आज यहाँ विनाश र विंध्वसमा परिणत भएको छ । अवोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ । स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभागी भएका उनीहरूलाई नियतिले शहीद बनायो ।

शिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइडपार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष्ट्रिय झण्डा फहराइरहेका सर्वसाधारण एवम् बालबालिकामाथि एउटा घरको छतमा बसेको बन्दुकधारीले अन्धाधुन्ध गोली गोली चलाउँदा छ जनाको मृत्यु हुनका साथै ३६ जनाभन्दा बढी घाइते भएका छन् ।

विद्यालय, गिर्जाघर, किराना पसलमा सीमित रहेको बन्दुक हिंसा अब सामुहिक प्रदर्शन र राष्ट्रिय उत्सवमा सरेको छ । बन्दुक कानुन परिवर्तन नभएसम्म यस्ता घटाना भइरहने एकजना प्रत्यक्षदर्शीले बताएका छन् । स्वतन्त्रता दिवस परेडमा गोली चलेपछि केही बालबालिका ठहरै भएका, रगत चुहाउँदै केही भागेका, केही आधा खाइएका आलुचिप्सका प्याकेटसँगै घाँसमा चीर निन्द्रामा सुतेका, केहीका हातमा चकलेट र कुकीज ताजे रहेको हृदयविदारक दृश्यको वर्णन गर्न नसकिने उनले बताए ।

बाइस वर्षीय रोर्बट इ क्रिमोले चलाएको गोली लागेर पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्ततः अभियुक्त रोबर्टलाई हिरासतमा लिइएको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्