न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख उठाएर फरार युवती पक्राउ

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख उठाएर फरार युवती पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । पौडेलले ६३ लाख २० हजार रुपैयाँ उठाएर फरार भएको पीडितहरुको दाबी छ ।

कृषि कम्पनीमा काम पाइने र मासिक एक लाख ७० हजार रुपैयाँ भन्दा बढी कमाई हुने भन्दै पौडेलले युवाहरूलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

न्युजिल्याण्ड जानका लागि आवश्यक रकम प्रति व्यक्ति १२ लाख ५० हजार रुपैयाँमध्ये आधाभन्दा बढी रकम हात पारेपछि पौडेल फरार भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्