गणपूरक सङ्ख्या नपुग्दा १५ मिनेट प्रतिनिधिसभाको बैठक स्थगित

<span class='c1'>गणपूरक सङ्ख्या नपुग्दा १५</span> <span class='c2'>मिनेट प्रतिनिधिसभाको बैठक स्थगित</span>

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेपछि सभामुख सापकोटाले बैठकमा ३ मिनेट जनाऊ घण्टी बजाएर सांसदहरूको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । जनाउ घण्टीपछि सांसदहरूको कम्तिमा एक तिहाई अर्थात् ६९ जना हुनुपर्नेमा उपस्थिति सांसदहरूको सङ्ख्या ६५ जनामा मात्र देखिएकाले बैठक स्थगित भएको हो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्