१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्