बेलायती प्रधानमन्त्रीको राजीनामा माग

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजिनाम माग गरेका छन् ।

"गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उहाँको बहिर्गमन हो," भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरू सहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्व उपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन् ।

यद्यपि जोनसनले सांसदहरूलाई भनेका छन् - "कठिन परिस्थितिमा प्रधानमन्त्रीको काम प्राप्त जनादेशको सम्मान गर्नु हो र म त्यही गर्न गइरहेको छु ।"
"उनका एक प्रमुख सहयोगी माइकल गोभले प्रधानमन्त्रीलाई एक निजी भेटमा पनि राजीनामाका लागि सुझाएको बुझिएको छ ।

बेलायतका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले जोनसनलाई राजीनामा दिन आह्वान गरेका छन् । यो सँगै बेलायतको राजनीतिक अस्थिरतको सरगर्मी बढ्न लागेको सङ्केत देखिएको छ । रासस-एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्