चिनियाँ र भारतीय विदेशमन्त्री भेटवार्ता

चिनियाँ र भारतीय विदेशमन्त्री भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उहाँहरु जि २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएको छ । त्यस क्रममा उहाँहरुका बीचमा बालीमा भेटावार्ता भएको हो ।

त्यस भेटका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउनेभन्दा पनि यहाँ दुवैतर्फबाट वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

रुसले युक्रेनमाथि हमला जारी राखेको छ । गत महिनादेखिको यो युद्धका कारण रुस र युक्रेन दुवैलाई राम्रो नगरेको भन्दै यी दुई देशले आक्रमणलाई नभएर वार्ताको प्रक्रिया थाल्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिनुभएको थियो ।

सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले युक्रेन र रुसको पछिल्लो तनावको अवस्थालाई कम गरी आपसी सहयोग र समन्वयबाट विश्व समुदायले नै यी दुई देशलाई वार्ताका लागि तयार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस-सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्