जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

<span class='c1'>जबरजस्ती करणी गरेको</span> <span class='c2'>अभियोगमा पक्राउ</span>

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ललितपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका-१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका-५ घर भएका ३५ वर्षीय ईलिभास मिया रहेका छन् । उनीहरूले ती महिलालाई ईमाडोल सेतीपाखास्थित निजहरूको डेरा कोठामा लगी आइतबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका-१ गोदामचौरबाट पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्