नेकपा(एस)को प्रमुख सचेतकमा यादव

नेकपा(एस)को प्रमुख सचेतकमा यादव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी देशभर व्यापकरुपमा पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन विस्तारगरी चुनावी अभियानमा क्रियाशील हुने विषयमा पनि छलफल भएको छ । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्