विराटनगरका युवाहरुद्वारा निर्मित “पिलेन” नामक छोटो चलचित्र सार्वजनिक

<span class='c1'>विराटनगरका युवाहरुद्वारा निर्मित “पिलेन”</span> <span class='c2'>नामक छोटो चलचित्र सार्वजनिक</span>

विराटनगर । विराटनगरका युवाहरुले तयार गरेको पिलेन नामक नयाँ नेपाली छोटो चलचित्र (सर्ट फिल्म) सार्वजनिक भएको छ।

बाडुल्कि रिसर्च, एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा. ली. द्वारा निर्मित छोटो चलचित्र "पिलेन" मंगलबार सार्वजनिक भएको हो । सानी बलिकाको सपनाको एउटा सानो यात्रा देखाउने उदेश्यले निर्माण गरिएको पिलेनलाई लकेश दंगालले निर्देशन गरेका हुन् भने दंगाल र क्षितिज कोइरालाले कथा लेखेका हुन् । चलचित्रमा मुना कोइराला, एकता भट्टराई र आयुष आचार्यलाई मुख्य भुमिकामा देख्न पाइन्छ। विराटनगरका विभिन्न सडक, घर र सार्वजनिक स्थानमा छायांकन गरिएको चलचित्रको छायांकार सन्जिव चाम्लिङ राई रहेका छन् भने सम्पादन पि.एल चक्रे ले गरेका हुन् । यसअघि पनि लव पर्यो, दशैं आयो र बाडुल्कि मनहरुद्वारा दर्शकको मन जित्न सफल भएका विराटनगरका बाडुल्कि युवाहरु को यो चौथो प्रस्तुति "पिलेन" हो ।

‘बाडुल्कि अफिसियल’ युट्युब च्यानल मार्फत उक्त 'सर्ट फिल्म' सार्वजनिक भएको हो ।

निर्माण समूहले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्