सक्रियतापूर्वक पार्टी काममा लाग्न अध्यक्ष ओलीको आग्रह

<span class='c1'>सक्रियतापूर्वक पार्टी काममा लाग्न</span> <span class='c2'>अध्यक्ष ओलीको आग्रह</span>

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउँदै योजनाबद्धरूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउनुपर्छ । अनुशासनहीनता बढेको छ, नैतिक राजनीतिमा कमी आएको छ । पार्टीको गन्तव्य, कार्यदिशा, कार्यनीति र कार्यक्रमप्रति सहमत नहुने मानिस पार्टीमा रहन सक्दैन । जब हामी यसमा स्पष्ट छौँ भने समाजवादतर्फको यात्रामा कहीँ कतै भ्रम रहनु हुँदैन । एउटै लय, एउटै ताल र एउटै प्रतिबद्धताका साथ हामी लक्ष्यमा दृढतापूर्वक लाग्नुपर्छ ।”

उहाँले भन्नुभयो, “पार्टी छाडेर गएकालाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ । लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नूस् । ठूलो सङ्ख्यामा पार्टी फर्किनेको छिटै घोषणा हुनेछ । यस्तो अभियान तल–तलसम्म लैजानका लागि तपाईंहरु सबैजना लाग्नूस् ।”

बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पार्नुभएको थियो । एमालेमा हाल ३३ विभाग छन् । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्