मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन

मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन

मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् ।

उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर मार्फत आफ्नो "सम्मानजनक समवेदना" व्यक्त गरेका छन् । मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीका सदस्य र पेशाले कानुन व्यवसायी रहेका इचेभेरियाले मेक्सिकोको अन्तरराष्ट्रिय सम्बन्धलाई विशेष प्राथमिकतामा राखेर शासन गरेका थिए । सन् १९७२ मा संयुक्त राष्ट्रसंघमा राज्यको आर्थिक अधिकार र कर्तव्यको बडापत्रलाई प्रवर्द्धन का लागि उनी विशेष परिचित थिए।

उनले सन् १९७२ फेब्रुअरीमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल पनि गरेका थिए । रासस-एएनआई/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्