नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिले पूर्णता पायो

<span class='c1'>नवौँ राष्ट्रिय खेलकुद :</span> <span class='c2'>कार्यकारी समितिले पूर्णता पायो</span>

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभयो ।

मनोनीत हुने सदस्यमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सङ्गमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा हुनुहुन्छ ।

कार्यकारी समितिको सदस्य–सचिवको जिम्मेवारी प्रचारप्रसार शाखाका प्रमुख फणीन्द्र पौड्यालले पाउनुभएको छ । पौड्यालले नवौँ राष्ट्रिय खेलकुद सचिवालय प्रमुखको जिम्मेवारीसमेत पाउनुभएको छ । मनोनयनपत्र हस्तान्तरणपछि बसेको बैठकमा सदस्य–सचिव घिसिङले मनोनीत हुने पदाधिकारीलाई राष्ट्रिय पर्वका रुपमा रहेको बृहत् खेलकुदलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न एकजुट भएर अगाडि बढ्न निर्देशन दिँदै पाएको जिम्मवेरीलाई पूरा गर्न सबै कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्