मिस एण्ड मिस्टर एसइइका प्रतियोगिले देखाए प्रतिभा

<span class='c1'>मिस एण्ड मिस्टर एसइइका</span> <span class='c2'>प्रतियोगिले देखाए प्रतिभा</span>

विराटनगर । मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ-आफ्नो प्रतिभा देखाएका छन् ।

असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ-आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगिताको फाइनलमा दृश्टी भण्डारी, एलिजा खत्री, पबिना गुरुङ्ग, प्रतिष्ठा रिजाल, प्रियंकाकुमारी साह, रिया कुमारी राजबंशी, सबिना बिस्ट, सचिता कुमारी महतो पुगेकी छिन् । यस्तै स्मारिका सुबेदी, सृजना चौधरी,सुप्रियाचौधरी, अरुण कुमार साह, हृदेश राइ र रोहन रसैली पुगेका छन् ।
ट्यालेन्ट राउण्डको निणर्ायहरुमा जय मिडिया मेनेजमेन्टका चियरमेन जय राज राय, मिस कोशीको २०२१ को बिजेता प्रशिका श्रेष्ठ, मिस कोशीको मिस ट्यालेन्ट भएकी आयुशा आचार्य र नृत्य निर्देशक राज साह रहेका थिए ।

प्रतियोगिताको विजेताले प्लस टु (+२) मा निःशुल्क छात्रवृती प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । बिजेता हुने मिस र मिस्टर दुवै जनाले विराटनगरस्थित कान्तिपुर कलेजमा पुर्ण छात्रवृत्ति पाउने छन् ।

फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगिले विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्ट मध्ये कुनै पनि विषय रोजेर पढ्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्