हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट गरेको छ ।

गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले मंगलबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा आईपीओ बाँडफाँट गरेको हो ।

हाइड्रोपावर कम्पनीको आईपीओ १ लाख ८३ हजार ४५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले पाएका छन् ।

कम्पनीले निष्काशन गरेको आईपीओमा १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन परेको थियो । १ करोड ७७ लाख ३४ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोष र ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले यसअघि नै आयोजन प्रभावितहरुका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी बिद्युत उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्