बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु

<span class='c1'>बलुचिस्तानमा २४ बालबालिकासहित</span> <span class='c2'>६२ जनाको मृत्यु</span>

बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ । भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा छ सय ७० भन्दा बढी घर भत्किएका प्राधिकरणले बताएको छ ।

सोमबार पनि कराँचीको कोरङ्गी, सदर, निपा चौरङ्गी, पिपल्स चौरङ्गी, सुपरहाइवे र शहरका अन्य भागहरूमा भारी वर्षा भएको थियो भने केही भाग डुबानमा परेका छन् । डुबान क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । वर्षाकै कारण विद्युत् आपूर्तिका खम्बाबाट करेण्ट प्रवाह हुँदा तीन जनाले ज्यान गुमाएका छन् । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्