एनआईसी एशिया बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

विराटनगर । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् ।

मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको भने एक जना ग्राहकको खातामा दैनिक अधिकतम रू. ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा तोकिएको छ । नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइकलर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने÷राख्ने बक्स खुल्नेछ ।

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ । बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस थापाथलीमा सञ्चालन गरेको छ भने यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको जनाएको छ ।

नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट यो सेवाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्