ब्रह्माण्डको थप पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक(तस्वीर सहित)

ब्रह्माण्डको थप पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक(तस्वीर सहित)

विराटनगर । नासाले बहुप्रतिक्षित १० बिलियन डलरमा बनाइएको जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको थप पहिलो पूर्ण रंगिन तस्वीरहरु नासाले सार्वजनिक गरेको छ ।


अमेरिकी राष्ट्रपति जो बाइडन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा एउटा तस्वीर सार्वजनिक गरेका थिए भने मंगलबार थप केहि तस्वीरहरु नासाले सार्वजनिक गरेको हाे ।

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट उक्त तस्वीर खिचेका थिए । सार्वजनिक तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्ड र ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ ।

ब्रह्माण्डको वास्तविक आकारबारे बुझ्ने वर्षौंदेखिको गरेको प्रयास सार्थक भएको वैज्ञानिकहरुले बताएका छन् । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ ।

जेम्स वेब टेलिस्कोपमार्फत् अन्तरीक्ष वैज्ञानिकहरुले आकाशगंगासहित अन्तरीक्षसँग सम्बन्धित हरेक तथ्यलाई बुझ्न अझ सहज हुने वैज्ञानिकहरुको विश्वास रहेको छ ।

तस्वीर : नासा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्