सुनकाे मूल्य तीन सय रुपैयाँले बढ्याे

सुनकाे मूल्य तीन सय रुपैयाँले बढ्याे

विराटनगर । आज सुन-चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्