उपसभामुखमा एमालेको उम्मेदवार भट्टराई

<span class='c1'>उपसभामुखमा एमालेको</span> <span class='c2'>उम्मेदवार भट्टराई</span>

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

उहाँले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्