कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै

<span class='c1'>कान्तिपुर टेलिभिजनले आईपीओ</span> <span class='c2'>जारी गर्दै</span>

विराटनगर । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासन गर्नका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्ति गरिएको छ। कार्यक्रममा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेबीच सेयर निष्कासनसम्बन्धी सम्झौता समेत भएको छ। निर्देशकहरू उपेन्द्र महतो र जीवा लामिछानेले टेलिभिजनका लागि आगामी दिन चुनौती र अवसर दुवै भएकाले सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर पछाईले चुनौतीहरू भए पनि संस्था तिनलाई सामना गर्न प्रतिबद्ध रहेको बताए । उक्त समारोहमा वर्षका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्