सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घटेर आज एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्