भरतपुर महानगरपालिकाद्वारा छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाद्वारा छात्रवृत्ति वितरण

चितवन । भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक शिक्षातर्फ ती तहमा अध्ययन गर्दै गरेका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो वर्ष आठ जनाले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएका थिए ।

छात्रवृत्ति प्रदान गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले शिक्षाको पहुँचबाट कोही वञ्चित बन्नु नपरोस् भन्ने उद्देश्यका साथ महानगर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हाँै ।” विद्यार्थीले प्राविधिक शिक्षा उत्तीर्ण गर्दासम्म हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाले लोपोन्मुख र सीमान्तकृत समुदायका ६९२ विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरभित्र रहेका संस्थागत विद्यालयमा अध्ययनरत २३९ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्रदान गरेर कक्षा ११ र १२ मा अध्ययन गर्दै आएको जानकारी दिनुभयो । महानगरलाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्