विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा डा. देव

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा डा. देव

विराटनगर । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा प्राथमिक स्वास्थ्य केन्द्र रानीमा कार्यरत डा. विशालकुमार देव नियुक्त भएका छन् ।

महानगरको स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त बनाउन सम्बन्धित क्षेत्रका विज्ञलाई महाशाखाको जिम्मेवारी दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । महानगरको स्वास्थ्य र शिक्षा महाशाखालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । नयाँ जनप्रतिनिधिहरु आएसँगै विशेष गरी महानगरको स्वास्थ्य र शिक्षा चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिंदै आएका थिए । “प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीज्यूबाट स्वास्थ्य महाशाखामा सम्बन्धित क्षेत्रको विज्ञलाई नियुक्त गर्न दिएको निर्देशनअनुसार नै डा. देवलाई महाशाखा प्रमुखको जिम्मेवारी दिएका हौं,” प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, “अझ प्रमुखज्यूको त महाशाखा प्रमुख सम्बन्धित क्षेत्रको विज्ञ नै हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण छ ।”

डा. देव आठौं तहका मेडिकल अधिकृत हुन् । देवले एमडी गरेका छन् । यसअघि छैटौं तहका रमेश कार्कीलाई महाशाखाको जिम्मेवारी दिइएको थियो । आफूभन्दा जुनियर व्यक्तिलाई महाशाखाको जिम्मेवारी दिएकोमा उनीभन्दा सिनियर स्वास्थ्यका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्