मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

<span class='c1'>मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा</span> <span class='c2'>गृहमन्त्रीको चासो</span>

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ ।

मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गर्नुभएको हो । झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गर्नुभएको हो ।

बर्दियाको मधुवन नगरपालिका–१, २ र ३ मा जङ्गली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन् । गत जेठमा बाघले पटक पटक आक्रमण गरेपछि मधुवन नगरपालिका–२ का स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए ।
उक्त घटनापछि मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटसहितको टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटी वन्यजन्तुको आक्रमण रोक्न जङ्गल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो । तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिनुभयो ।

वन क्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाऊन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्याउन केन्द्रमा माग गरिएको पनि प्रजिअ बास्तोलाले बताउनुभयो । गृहमन्त्री खाणले वन सचिव कँडेलसँग पनि जङ्गली जनावर बस्तीमा पस्न नदिन के के गर्न सकिन्छ भनेर छलफल गर्नुभएको थियो । गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो जिल्लाको घटनास्थितिका बारेमा जानकारी लिनुभएको थियो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्