पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १,५४५,६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०,४३८ पुगेको छ ।
शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ। रासस/सिन्ह्वा