सप्तरीमा आगलागीबाट तीन जना घाइते

<span class='c1'>सप्तरीमा आगलागीबाट तीन</span> <span class='c2'>जना घाइते</span>

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् ।

बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन् । आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइते भएका हुन् । घरमा रहेको एक थान ठूलो सिलिण्डर र दुई थान सानो सिलिण्डर पड्किएर उछिट्टँदा उनीहरू घाइते भएका हुन् ।

आगलागीमा खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ । खगेन्द्रको घरमा रहेको नगद रु एक लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी एक थान साइकल र सिलिण्डरलगायत सामान जलेर नष्ट भएको पीडितले बताउनुभयो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्