विराटनगर–९ मा ज्येष्ठ नागकिरलाई १५ दिने योगाभ्यास

<span class='c1'>विराटनगर–९ मा ज्येष्ठ नागकिरलाई</span> <span class='c2'>१५ दिने योगाभ्यास</span>

विराटनगर । विराटनगर महानगरपालिका–९ भानुटोलमा नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) ले ज्येष्ठ नागरिकहरुका लागि आयोजना गरेको योग शिविर सम्पन्न भएको छ ।

ब्रह्मज्ञानी विश्रामालयमा ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य बनाउन उद्देश्यले सञ्चालित १५ दिने योग शिविरको शनिबार सम्पन्न भएको हो । कार्यक्रम संस्थाका सभापति मणिकुमार अज्र्यालको अध्यक्षतामा भएको थियो । विराटनगर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विश्वनाथ प्रसाद भगतको प्रमुख आतित्थयता रहेको थियो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका प्रशिक्षकहरु अर्जुन खतिवडा, हेमलक्ष्मी श्रेष्ठ, र ईश्वरी गौतम द्धारा १५ दिनसम्म योग, प्रणामको अभ्यासको सहजिकरण गरेका थिए ।

‘मानवताका लागि योग’ भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त शिविरबाट ज्येष्ठ नागरिकहरुको आहार, व्यवहार र विचारमा शुद्धता आउनुका साथै शारीरिक, मानसिक तथा सोच, विचारलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको संस्थाका उपसभापति भुवनेश्वर मण्डलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्