विराटनगर । प्रदेश १ मा कोभिड–१९ संक्रमितको संख्या आइतबार एक्कासी बढेको छ । प्रदेश १ को स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबार ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
विराटगनरमा मात्रै एकैदिन ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कुल २६१ न्मूना परीक्षण गर्दा १२ जना महिला र ६२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मोरङ कारागारका कैदीबन्दी रहेका छन् ।
त्यसैगरी बुढीगंगा गाउँपालिकामा ४ जना, उर्लाबारीमा एकजनाई संक्रमण देखिएको छ । झापाको भद्रपुर, बिर्तामोड, मेचीनगर, बुद्धशान्तिमा १–१ जना हो ।
विराटगनरस्थित न्यूरो अस्पतालको प्रयोगशालामा १३९ जनाको स्वाव नमूना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ६५ नमूना परीक्षण गर्दा ४१ जनालाई पोजेटिभ देखिएको छ ।
असार ३२ गते शनिबार १७ नमूना परीक्षणमा ४, ३१ गते ३५ नमूना परीक्षणमा १७ र एन्टिजेन २९ जनाको पोजेटिभ आएको थियो । गत असार २६ गतेयता लगातार संक्रमितको संख्या बढ्दै गएको हो । पछिल्लो समय प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १३५ पुगेको छ ।
हालसम्म प्रदेश १ मा एकलाख २१ ह्जार ३८७ जनाका सक्रमण पुष्टि भईसकेको तथ्यांक छ । त्यसमध्ये एकलाख १८ हजार ९९१ संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा ७८१ जना महिला र एकहजार ४८० पुरुषको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।
मोरङमा कोभिड संक्रमणको चुनौती देखिएको भन्दै स्थानीय प्रशासनले अनिवार्य मास्क प्रयोग गर्न नागरिकलाई आह्रग गरेको छ । गत शुक्रबार जिल्लास्थित कोभिड व्यवस्थापन समितिको बैठक बसेर सतर्कता अपनाउन आग्रह गरेको हो । शुक्रबार नै विराटनगर महानगरपालिकाले सार्वजानिक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमबानट बच्न अनावश्यक घरबाट बाहिर नकिस्कन आग्रह गरेको थियो । महानगरपालिको ज्येष्ठ नागरिक र बालबालिकालाई स्वास्थ्य सुरक्षा अपनाएर मात्रै घर बाहिर निस्कन आग्रह गरेको हो ।