मैथिल सञ्चारकर्मीद्वारा ‘रामपरी साह सञ्चारकर्मी प्रोत्साहन पुरस्कार’ स्थापना

<span class='c1'>मैथिल सञ्चारकर्मीद्वारा ‘रामपरी साह</span> <span class='c2'>सञ्चारकर्मी प्रोत्साहन पुरस्कार’ स्थापना</span>

विराटनगर । मैथिल सञ्चारकर्मी संघले उदयमान सक्रिय सञ्चारकर्मीहरुलाई प्रोत्साहन प्रदान गर्नेगरि पुरस्कार स्थापना गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङमा शनिबार बसेको संघको बैठकले ‘रामपरी साह सञ्चारकर्मी प्रोत्साहन पुरस्कार’ स्थापना गरेको हो । संघका सचिव विरेन्द्र कुमार साहले आफ्नो हजुरआमा रामपरी साहको स्मृतिमा प्रत्येक बर्ष प्रदान गर्नेगरि सो पुरस्कारको घोषणा गरेका हुन् । पुरस्कारको नगद राशी ५ हजार ५१ रुपैयाँ रहेको छ । उक्त पुरस्कार प्रत्येक वर्ष मैथिल सञ्चारकर्मी संघको स्थापना दिवस फाल्गुण २९ गतेका दिन प्रदान गरिने संघका अध्यक्ष नवीन कर्णले बताए । सो पुरस्कार संघमा आबद्ध सञ्चारकर्मीहरुलाई प्रदान गरिने उनले जानकारी दिए ।

आगामी दिनहरुमा संघले भने अक्षयकोषको स्थापना गरि थप पुरस्कारहरु घोषणा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्