असार महिनामा थपिए २ लाख ५० हजार मतदाता

<span class='c1'>असार महिनामा थपिए २</span> <span class='c2'>लाख ५० हजार मतदाता</span>

काठमाडौं । असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेको थियो। आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरेको हो।

आयोगका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट ६२ हजार ८ सय ५, प्रदेश १ बाट ५३ हजार ७ सय ७५ र मधेस प्रदेशबाट ४७ हजार ७ सय ५२ जनाले नामावली दर्ता गराएका छन्। जिल्लाको हिसाबले नामावली दर्ता गराउनेमा सबैभन्दा बढी झापाका १३ हजार ७ सय ४४ छन्। १३ हजार ४ सय ५५ जनाले नामावली दर्ता गराएको मोरङ दोस्रो सबैभन्दा बढी नामावली दर्ता भएको जिल्ला हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्