प्रदेश १ का तीन ठूला नीजि अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

<span class='c1'>प्रदेश १ का तीन ठूला नीजि</span> <span class='c2'>अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम</span>

विराटनगर । प्रदेश १ का तीन ठूला नीजि अस्पतालले सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् ।

स्वास्थ्य बिमा बापतको करोडौं बक्यौता रकम सरकारले भुक्तानी नगरेपछि अस्पतालहरुले अनिश्चितकालका लागि बिमा कार्यक्रम बन्द गरेका हुन् । बिमा कार्यक्रम बन्द गर्नेहरुमा झापाको बिर्तामोडस्थित बि एण्ड सी, मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र बुढीगङ्गास्थित विराट मेडिकल कलेज रहेका छन् । प्राप्त जानकारी अनुसार बिमा बोर्डले बि एण्ड सीलाई ४४ करोड, नोबेललाई ५५ करोड र विराट मेडिकललाई ४६ करोड भुक्तानी गर्न बाँकी छ । बक्यौता भुक्तानीका निम्त्ति पटकपटक ताकेता गर्दा पनि कुनै सुनुवाई नभएपछि बिमा कार्यक्रम नै बन्द गर्नुपरेको विराटनगरस्थित नोबेल मेडिकल कलेजका निर्देशक डा. राजेश नेपालले बताए । स्वास्थ्य बिमा बोर्डले बक्यौता रकम भुक्तानी गरेसँगै पुनः सुचारु हुने उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत् सरकारले साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्र उपलब्ध गर्‍यो । तर, नीजि अस्पतालहरुमा पुनः बिमा कार्यक्रम सुरु गर्ने वा नगर्ने बिषयमा कुनै स्पष्ट व्यवस्था गरेन । यसले अन्यौैलको वातावरण सिर्जना भएकाले प्रदेश १ का तीन ठूला अस्पतालले अर्को सुचना जारी नहुन्जेलसम्मका लागि बिरामीहरुले प्राप्त गर्दै आएका आकस्मिक, बहिरङ्ग र अन्तरङ्गका सम्पुर्ण सेवाहरु स्थगित गरेका हुन् ।

बिमा बोर्डबाट बक्यौता रकम भुक्तानी नहुँदा अस्पतालमाथि ठूलोे आर्थिक भार थपिएको सञ्चालकहरुले बताएका छन् । बक्यौता भुक्तानीको अभावमा औषधी खरिद, स्वास्थ्यकर्मीको तलब र अन्य आन्तरिक खर्च व्यवस्थापनमा ठूलो चुनौती थपिएको अस्पतालहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्