प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु.४०० ले बढेर रु.९४ हजार पुगेको छ ।

पहेंलो धातु आइतबार प्रतितोला रु.९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.९३ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु.पाँचले बढेर रु.एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्