सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ ।

अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु.२०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९३ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.९३ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.पाँचले घटेर रु.एक हजार १६० तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्