जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ गणतन्त्र चोक डेरा गरी बस्ने खोटाङ चिसापानी घर भएकी ३४ वर्षीया संगिता राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४५ रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्