विराटनगरको ‘विकानेर स्वीट होम’ले उत्पादन गरेको लड्डुमा मरेको माकुरा

विराटनगरको ‘विकानेर स्वीट होम’ले उत्पादन गरेको लड्डुमा मरेको माकुरा

विराटनगर । विराटनगर ७ अतिथि सदनमा रहेको विकानेर मिठाई पसलबाट खरिद गरिएको लड्डुमा मरेको माकुरा भेटिएको छ । विराटनगर महानगरपालिका १० का स्थानिय रन्जितराज बस्नेतले मिठाई पसलबाट खरिद गरेको लड्डु भित्र मरेको माकुरा भेटिएको हो ।

बस्नेतले विराटनगर ७ अतिथि सदन छेउमा रहेको ‘विकानेर स्वीट होम’ मिठाई पसलबाट ६८० मा २६० ग्राम लड्डु खरिद गरेका थिए । आर्थिक बर्ष २०७९-८० पहिलो दिन हरेक बर्ष कम्पनीको खाताकपी पुजा गर्ने चलन छ बस्नेतले भने,’ साउन १ गते कार्यालयको एक जना कर्मचारीले उत्त मिठाई पसलबाट मिठाई खरिद गरेर ल्याउनुभयो, हाम्रो कम्पनीको संचालकले प्राय जसो मिठाईहरु फोडेर खाने चलन छ ।
पहिलो मिठाई उहाँले खानुभयो, फेरी दोस्रो अर्को मिठाई फोडेर हेर्दा मरेको माकुरा भेटियो । ‘हामीले मुख मिठो गर्न भनेर ल्याएको मिठाईमा मारेको माकुरा भेटिएपछि हामी सबैजना मानसिक तनावमा पर्यौ ।

नियामक निकायले चाडपर्वको वेलामा मात्र नभई अन्य समयमा पनि बेला बेलामा अनुगमन गर्नुपर्ने उनले बताए । मरेको माकुरा भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय विराटनगरले उत्त मिठाई पसलको अनुगमन गरेको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी , खाद्य निरीक्षक विरेन्द्र कुमार दासले मिठाई पसलको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा मिठाई बनाउने स्थानमा व्यवस्थित रुपमा तार झाली नलगाएको भेटिएको छ । मिठाई बनाउने स्थानमा बाहिरबाट किरा फट्याङग्रा, झिगा लगायतका बस्तुहरु सिधै छिर्न सक्ने भएका कारण तत्कालका लागी सुधार गर्नको निम्ती अनुगमन टोलीले निर्देशन दिएको छ ।

साथै लड्डुको नमुना संकलन गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरिक्षक विरेन्द्र कुमार दासले आवर विराटनगरलाई जानकारी दिए । मरेको माकुरा भेटिएपछि सोही ठाँउबाट उत्पादित लड्डुहरुको नमूना संकलन गरेका छौँ । केहीदिनपछि ल्याव रिपोर्ट आउनेछ त्यसपछि कानुनी कारबाहीका प्रकृया अगाडी बढ्नेछ ।

यता विकानेर स्वीट होमका संचालक देवी सिंह पुरोहितले भने जानी–जानी त्यस्तो गल्ती नभएकोले सुधार गर्ने बताए । आगामी दिनहरुमा यस्तो खालको समस्या आउन दिनेछैनौँ, उनले भने–कहिले काँहि समस्या पर्छ ।

यस अघि पनि टोलीले उत्त स्वीट होमको अनुगमन गरेको थियो । त्यसबेला अनगुमन गर्दा मिठाई बनाउने स्थानमा फोहोरै फोहोर भेटेपछि सुधारका निम्ती मौखिक र पत्र पठाएर निर्देशन दिएको थियो । त्यसको केहीदिनपछि भने मिठाई पसलले सुधारका काम समेत गरेको थियो ।
यसअघि विराटनगर १० मा रहेको पिउने पानी उत्पादक कम्पनीले उत्पादन गरेको पानीको बोटलमा माकुरा भेटिएपछि नियामक निकायले कारबाहीको लागी प्रकृया अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्