साइप्रसका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

साइप्रसका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेस कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि गर्नुभएको हो ।

नियमित स्वास्थ्य परीक्षण गर्दा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

अहिले ७५ वर्ष हुनुभएका राष्ट्रपतिलाई सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता पेलेकानोसले बताउनुभयो ।

उहाँले अहिले कोरोना भाइरससम्बन्धी मापदण्ड पालना गरिरहनु भएको र केही समय बाहिर ननिस्कने पनि प्रवक्ता पेलेकानोसले स्पष्ट पार्नुभयो ।

साइप्रसमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।

महामारी थप फैलिन नदिन स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन सरकारले आग्रह गर्दै आएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्