कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

<span class='c1'>कांग्रेस संसदीय दलको</span> <span class='c2'>प्रमुख सचेतकमा चित्रलेखा</span>

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँ पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले राससलाई जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि सो पद रिक्त भएको हो ।

यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित हुनुभएपछि गत साता सो पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांगे्रस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले सो नियुक्ति गर्नुभएको हो । संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्